संघमा पुगेर गण्डकी प्रदेशको अधूरा काम पूरा गर्छु : पृथ्वीसुब्बा गुरुङ

लमजुङ, २६ असोज । एमाले उपमहासचिव प्रदेशका अधुरा काम पूरा गर्ने बताएका छन् । लमजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमम गुरुङले आफू प्रदेशमा गएर पनि आफ्नै प्रस्तावमा देवप्रसाद गुरुङलाई संघमा पठाएकोमा अहिले उनी आफ्नैविरुद्ध आएको बताए । 

नेता गुरुङले सुख,दुःख, घामपानी, रातदिन, जित वा हार, उकालीओराली जुनसुकै अवस्थामा जनतासँग रहेको उल्लेख गरे । ६ पटक चुनाव लड्दा दुईपटक मात्र जितेको र नागरिकलाई खास सेवा गर्न पाएको समय ३४ महिना मात्र रहेको उनकाे भनाइ थियाे ।

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा आफ्नो क्षमता देखाएको बताउँदै उनले प्रदेशका चार लाख ७८ हजार घरधुरीमै घरघरमा धारा पुर्‍याउने काम सुरु गरेको दाबी गरे । संघ सरकारले पनि दुई वर्षपछि मात्र उक्त अभियान अवलम्बन गरेको उनकाे भनाइ थियाे । पुनः मुख्यमन्त्री बनेर अधूरा काम गर्ने इच्छा भए पनि तल्लो तहमा लड्ने र काम गर्ने अन्य रहेको भन्दै पार्टी नेतृत्वले माथि आउनुपर्छ भनेपछि संघमा भिडेको उनले बताए । 

गण्डकी प्रदेशका ८५ पालिकाको केन्द्रमा ८ मिटरको फराकिलो कालोपत्रे सडक बनाउने अभियान थालेकोमा अहिले गठबन्धनको सरकारले अवरुद्ध पारेको उनले आराेप लगाए । आफूले लमजुङमा चार दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रहेको भन्दै कांग्रेसको वर्चश्व रहेको लमजुङमा एमालेको झण्डा गाढ्न सफल भएकोसमेत बताए  । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति