काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको उजुरी खारेज गरेको छ।
सोमबार नागरिकतामा र मतदाता परिचयपत्रमा जन्म मिति फरक परेको भन्दै देउवाको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको थियो। उजुरीपछि देउवालाई स्पष्ट पार्न आयोगले आज दिउँसोसम्मको समय दिएको थियो।
देउवाले आज मंगलबार श्रीमती आरजु राणामार्फत निर्वाचन आयोगमा जवाफी पत्र पठाए । उक्त पत्र अध्ययनपछि आयोगले आयोगकै कारण मतदाता परिचयपत्रमा मिति फरक परेको भन्दै उजुरी खारेज गरेको हो ।
नागरिकतामा देउवाको जन्ममिति वि।सं। २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ।
प्रतिक्रिया