मधेसमा सत्तागठबन्धनबाट जसपा बाहिरिंदा ६ सिटमा पछि तर थप ७ सिट फाइदा (३२ क्षेत्रको तथ्यांकसहित)

काठमाडौं २५ असोज । सत्ता गठबन्धनबाट जसपा बाहिरिएर एमालेसंग मिल्दा सत्ता गठबन्धन ६ सिटमा पछि परेको छ । तर जसपा सत्ता गठबन्धनमा रहेको भएको कम्तीमा ११ सिट सजसपालाई नै दिनु पर्दा नेका–माके र एलाई कुनै फाइदा हुने थिएन । जसपा बाहिरिंदा नेकाको स्वभाविक पार्टनर लोसपाले कम्तीमा ५ सिटमा जित्ने छ भने नेकाले १७ क्षेत्रमा उमेद्वारी दिएक पाएको छ ।

सत्ता गठबन्धन र एमाले गठबन्धनबीचको प्रतिस्पर्धामा सवैभन्दा बढी टक्कर बारामा पर्ने देखिन्छ । गत स्थानिय निर्वाचनमा दलहरुले वडा तहमा पाएको मतका आधारमा हेर्दा सत्ता गठबन्न नै धेरै अघि छ । त्यसमाथि एमालेमा प्रभु साहको विद्रोहले जसपालाई निकै अप्ठेरो मात्र होइन कि अध्यक्ष उपेन्द्र यादवले जित निकाल्न समेत फलामको च्युरा चपाए सरह हुने देखिएको छ ।

वडा तहको मत विश्लेषण गर्दा कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धन ३२ मध्ये २६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ भने एमाले नेतृत्वको गठबन्धन मात्र ६ निर्वाचन क्षेत्रमा अगाडि छ । ती मध्ये पनि धेरै निर्वाचन क्षेत्रमा दुई गठबन्धनबीच मतको अन्तर निके पातलो छ । त्यसले निर्वाचनको परिणामबारै अहिले नै यकिनका साथ भन्न कठिन छ।

सप्तरी क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी छ । दुईओटा गठबन्धन बनेसँगै यादवलाई जित्नका लागि चुनौती देखिएको छ । जसपा सम्मिलित एमाले नेतृत्वको गठबन्धन यहाँ सत्ता गठबन्धनसँग झण्डै १३ हजार मतले पछाडी छ।
सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले(जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत मात्रै छ। यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुरलाई टिकट दिइएको छ।
यही निर्वाचन क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि मैदानमा छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने राउतको पार्टीको गतिलो प्रभाव छैन। जनमत पार्टीले ४ हजार ५ सय ४२ मत मात्रै पाएको छ। तर राउतको व्यक्तिगत छविले निर्वाचनको नतिजामा प्रभाव पार्न सक्छ।


सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जसपालाई आफ्नै प्रभाव क्षेत्र मधेस प्रदेशमा चुनाव जित्न खासै सहयोग पुग्न देखिन्न। जसपासँगको तालमेलले एमालेलाई भने केही क्षेत्रमा फाइदा हुनसक्छ।
स्थानीय तहको मतलाई आधार मान्दा मधेस प्रदेशका ३२ मध्ये ६ स्थानमा मात्रै अगाडि रहेको यो गठबन्धनको जसपा ३ र एमाले ३ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ।
जसपा सप्तरी १, बारा २ र पर्सा १ मा अगाडि छ भने एमाले सिराहा १ र ३ र पर्सा २ मा अगाडि छ।

सप्तरीका ४ मध्ये ३ क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। सप्तरी क्षेत्र नम्बर २, क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन अगाडि छ। सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ मा लोसपाले र अरु दुई क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको छ।
सिराहाका ४ क्षेत्रमध्ये दुई क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ भने २ क्षेत्रमा एमाले(जसपा गठबन्धन अगाडि छ।
स्थानीय तहको मत हेर्दा सिराहाका चारै क्षेत्रमा दुई गठबन्धनको कडा टक्कर हुने देखिन्छ। सिराहा क्षेत्र नम्बर २ मा मात्रै सत्ता गठबन्धन १ हजार भन्दा धेरै मतले अगाडि छ। सत्ता गठबन्धनको मत ३३ हजार ८ सय ९५ छ भने एमाले(जसपा गठबन्धनको मत ३२ हजार ३ सय ४८ छ। यो क्षेत्र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसलाई परेको छ भने एमालेजसपाको तर्फबाट जसपाले पाएको छ।
सिराहा १ र ३ मा एमाले जसपा गठबन्धन अगाडि छ भने सिराहा ४ मा ४ मतले मात्रै सत्ता गठबन्धन अगाडि छ। क्षेत्र नम्बर १ र ३ एमालेको भागमा परेको छ भने क्षेत्र नम्बर २ र ४ जसपाको भागमा परेको छ।
धनुषाका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। स्थानीय तहको मतलाई आधार मान्ने हो भने थोरै अग्रता भएको क्षेत्रमा ७ हजार र धेरै अग्रता भएको क्षेत्रमा २२ हजार सम्मको रहेको छ। त्यसैले धनुषामा एमाले(जसपा गठबन्धनलाई चुनाव जित्न निकै कठिन छ।
महोत्तरीका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। महोत्तरीमा समेत सत्ता गठबन्धनको फराकिलो अन्तर छ। थोरै अन्तर भएको क्षेत्रमा ४ हजारदेखि धेरै अन्तर भएको क्षेत्रमा २८ हजारसम्म छ।
सर्लाहीमा समेत एमाले–जसपा गठबन्धनलाई उत्तिकै सकस छ। सर्लाही २ मा सत्ता गठबन्धनकै बीचमा मित्रवत प्रतिसपर्धा हुँदा समेत एमाले जसपा गठबन्धनलाई जित्न गाह्रो छ।
जस्तो यो क्षेत्रमा लोसपाका राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले उम्मेदवारी दिएका छन्। यादवले माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका आधिकारीक उम्मेदवार यादव हुन्।
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा यहाँ ३४ हजार ५ सय ७८ मत ल्याएको थियो। लोसपाको १२ हजार ३ सय ७१ र एमालेको ७ हजार ६ सय ७९ मत छ। जसपाले १९ हजार ६ सय ४२ मत पाएको थियो।
स्थानीय तहको निर्वाचनमा यादव जसपामै भएकाले योमध्ये धेरै मत उनको पक्षमा आउने अनुमान गर्न सकिन्छ। किनकी यादवले २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचन जितेका हुन्। उनी २०५१ र २०५६ समेत नेकपा एमालेबाट बिजयी भएका थिए।
२०७० को निर्वाचनमा महतोलाई यादवले हराएका थिए। २०७४ को निर्वाचनमा महतो धनुषा ३ बाट विजयी भएका थिए। एमाले(जसपा गठबन्धनमा यो क्षेत्र एमालेलाई परेको छ। यो क्षेत्रमा यादव र महतोबीच नै कडा प्रतिसपर्धा हुने देखिन्छ।
रौतहटका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ।
रौतहट क्षेत्र नम्बर ३ मा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुन सक्छ। साहले यही क्षेत्रबाट तीन वटा निर्वाचन जितिसकेका छन्। उनले एमालेबाट टिकट लिएर गएका भए पनि अन्तिम समयमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन उठेका छन्। साहले टिकट लिएर गएकाले यो निर्वाचन क्षेत्रमा एमाले पार्टीबाट कोही निर्वाचन लड्न पाएन।


बारामा एमाले-जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा एक क्षेत्रमा मात्रै अगाडि छ। बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको मत ४० हजार २ सय ४८ छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ७९ मत छ। सत्ता गठबन्धनबाट यो क्षेत्र माओवादीलाई परेको छ भने एमाले(जसपाबाट जसपालाई परेको छ।
बारा क्षेत्र नम्बर ३ मा एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्। दुवै दलले उम्मेदवारीसमेत दिएका छन्। यसको फाइदा सत्ता गठबन्धनलाई हुन सक्छ। किनकी सत्ता गठबन्धनको मत ३१ हजार ४ सय ३ छ भने एमालेको २३ हजार ६ सय ५४ र जसपाको ११ हजार २ सय ७९ छ। यदी एमाले र जसपाको यो क्षेत्रमा तालमेल भएको भए सत्ता गठबन्धनभन्दा बलियो हुन्थ्यो।
बारा ४ मा पनि सत्ता गठबन्धनकै मत धेरै छ। सत्ता गठबन्धनको मत ४५ हजार ७ सय ५९ छ भने एमाले(जसपा गठबन्धनको मत २६ हजार ८ सय ५८ छ। यो क्षेत्रबाट २०७४ मा निर्वाचित लोसपाका सांसद एकवाल मियाँ एमालेबाट उम्मेदवार बनेकाले लोसपाको मत बाँडिन सक्छ। यो क्षेत्रमा लोसपाको मत १५ हजार ८० छ।
पर्साका ४ क्षेत्रमध्ये २ क्षेत्रमा सत्ता गठबन्धन र २ क्षेत्रमा एमाले–जसपा गठबन्धन अगाडि छन्। पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धन अगाडि छ। पर्सा क्षेत्र नम्बर १ जसपा र २ एमालेको भागमा परेको छ।

सप्तरी
क्षेत्र नम्बर १
सत्ता गठबन्धन ३४७०३
एमाले गठबन्धन ३५१७१
क्षेत्र नम्बर २
सत्ता गठबन्धन ३३१८४
एमाले गठबन्धन २०३५४

क्षेत्र नम्बर ३
सत्ता गठबन्धन ३६०४८
एमाले गठबन्धन ३३६१७

क्षेत्र नम्बर ४

सत्ता गठबन्धन २५७२६

एमाले गठबन्धन ३५१७९

धनुषा
क्षेत्र नम्बर १
सत्ता गठबन्धन. ३०८९९ एमाले गठबन्धन १७५२४

क्षेत्र नम्बर २

सत्ता गठबन्धन४७७३०

एमाले गठबन्धन २५४७२

क्षेत्र नम्बर ३
सत्ता गठबन्धन ३५५८२.
एमाले गठबन्धन २५३३४

क्षेत्र नम्बर ४

सत्ता गठबन्धन ३९९७७

एमाले गठबन्धन ३२००८

रौतहट
क्षेत्र नम्बर १
सत्ता गठबन्धन ५६८७९
एमाले गठबन्धन १५६२६

क्षेत्र नम्बर २

सत्ता गठबन्धन ४४१७०

एमाले गठबन्धन २७६८३

क्षेत्र नम्बर ३ क्षेत्र नम्बर ४
सत्तागठबन्धन ४३३५३ सत्ता गठबन्धन ५५२७१
एमाले गठबन्धन ३१२१२ एमाले गठबन्धन १९१०९

बारा
क्षेत्र नम्बर १ क्षेत्र नम्बर २
सत्तागठबन्धन ४९४८० सत्तागठबन्धन ३९६७९
एमाले गठबन्धन ३१९५१ एमाले गठबन्धन ४०२४६
क्षेत्र नम्बर ३ क्षेत्र नम्बर ४
सत्ता
गठबन्धन ३१४०३ सत्ता गठबन्धन ४५७५९
एमाले गठबन्धन ३४९३३ एमाले गठबन्धन २६८५८

पर्सा
क्षेत्र नम्बर १ क्षेत्र नम्बर २
सत्ता गठबन्धन २०३३७ सत्ता गठबन्धन २८२१९
एमाले गठबन्धन २९०४१ एमाले गठबन्धन ३२१६३
क्षेत्र नम्बर ३ क्षेत्र नम्बर ४
सत्ता गठबन्धन ३१२४६ सत्ता गठबन्धन ३२४४६
एमाले गठबन्धन ३०८५० एमाले गठबन्धन ३१७४५

सर्लाही
क्षेत्र नम्बर १ क्षेत्र नम्बर २
सत्तागठबन्धन ५४३२८ सत्तागठबन्धन ३४५७८
एमाले गठबन्धन २२७९० एमाले गठबन्धन २८०६३
क्षेत्र नम्बर ३ क्षेत्र नम्बर ४
सत्ता गठबन्धन ४७४०२ सत्ता गठबन्धन ६१७११
एमाले गठबन्धन ३६१४६ एमाले गठबन्धन १८८००.

सिराहा
क्षेत्र नम्बर १ क्षेत्र नम्बर २
सत्ता गठबन्धन ३४४३८ सत्ता गठबन्धन ३३८९५
एमाले गठबन्धन ३४७१० एमाले गठबन्धन ३२३४८
क्षेत्र नम्बर ३ क्षेत्र नम्बर ४
सत्ता गठबन्धन ३४०३९ सत्ता गठबन्धन २८२८९
एमाले गठबन्धन ३५२२१ एमाले गठबन्धन २८२८५

महोत्तरी
क्षेत्र नम्बर १ क्षेत्र नम्बर २
सत्ता गठबन्धन ३७६११ सत्तागठबन्धन ४३०१७
एमाले गठबन्धन १५२६८ एमाले गठबन्धन १५६०७
क्षेत्र नम्बर ३ क्षेत्र नम्बर ४
सत्ता गठबन्धन २९५४३ सत्ताठबन्धन ३७८६२
एमाले गठबन्धन २५१७७ एमाले गठबन्धन २०१४०

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board