क्रिमिया पुलमा बिस्फोट गराएको विरोधमा युक्रेनी सहरमा हमला : पुटिन

मस्को, २५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका विभिन्न सहरहरूमा भएका बृहत् हमला रुस र क्रिमियालाई जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको आक्रमणको बदलामा भएको बताएका छन् ।

रणनीतिक रुपमा महत्वपूर्ण उक्त पुलमा युक्रेनले बिस्फोट गराएको पुटिनले आरोप लगाएका छन् । उक्त ‘आतंककारी आक्रमण’ विरुद्ध युक्रेनमा थप हमला गर्ने पनि उनले चेतावनी दिएका छन् । रुसले बिलय गराएको क्रिमिया जोड्ने उक्त पुल दक्षिण युक्रेनमा हतियार आपूर्तिका लागि महत्वपूर्ण मार्ग मानिएको छ ।

रुसले सोमबार युक्रेनको राजधानी किभसहित मुख्य सहरमा भिषण हमला गरेको थियो । सहरका विभिन्न स्थानमा रुसी सेनाले गरेको क्षेप्यास्त्र प्रहारमा केहीको मृत्यु हुनुका साथै ठुलो भौतिक क्षति भएको जनाइएको छ ।

केही महिनाको अन्तरपछि रुसी सेनाले राजधानी किभमा हमला गरेको हो । यसैबीच बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले आफ्ना सेनाहरूलाई युक्रेन नजिकै रुसी सेनासँग तैनाथ गर्न आदेश दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति