विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन आजदेखि सुरू

काठमाडौँ, २५ असोज । मुलुक आमनिर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ ।

चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरू हुँदै छ । काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले गर्ने छन् ।

दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । सो महाधिवेशनमा कति प्रतिनिधि रहनेछन् त्यो भने खुलाइएको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपा (माओवादी केन्द्र)बाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए । तीन वर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भइपछि पहिलो पटक नयाँ कार्यदिशा निमौण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति