विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी 

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । 

तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति