गोरखामा बिहानैदेखि सवै उमेद्वार सहित प्रचण्ड चुनावी छलफलमा

गोरखा २४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार बिहानैदेखि चुनाव केन्द्रित छलफल सुरू गरेका छन्।
आइतबार गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका प्रचण्डले सोमबार बिहान पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू र उम्मेदवारहरूसँग सामुहिक रुपमा चुनावी रणनीतिका बारेमा छलफल गरेका हुन्।

प्रचण्डले सुरूमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरू सँग छलफल गरेका थिए। त्यसपछि उनले सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।
प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथसाथै राखेर चुनावी छलफल गरिरहेका छन्। भट्राई र श्रेष्ठ प्रचण्डसंगै आइतबार गोरखा आएका थिए ।

प्रतिनिधि सभातर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं, प्रदेश सभातर्फ उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, माओवादीबाट प्रदेश सभा उम्मेदवार कृष्ण धिताल र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालगायत पनि छलफलमा सहभागी छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board