माओवादीमा पोलिटव्युरो सदस्य नै वागी !

काठमाडौं २४ असोज । नेकपा माओवादी केन्द्रमा काठमाडौंको गठबन्धनभित्र सिट वांडफांट चित्त बुझ्दो नभएको भन्दै काठमाडौं क्षेत्र १० मा पोलिटव्युरो सदस्य अन्जना विसशंखेले गठबन्धन विरुद्ध उमेदवारी दिएकी छन् । त्यहांका २ वटा प्रदेश सभामा पनि विशंखेको समूहले उमेद्वारी दिएको छ । गठबन्धनको सिट बांडफांट हुंदा माओवादीको भागमा प्रदेशको क्षेत्र ख माओवादीलाई परेको थियो ।
कास्कीमा पनि माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की ३ को प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board