देउवाले पेल्दा कांग्रेसमा अमरेश सहित दर्जन बढी नेता बागी, देशभर को–को उठे त ?

काठमार्डौ २४ अससोज । नेकाभित्र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना विरोधीलाई नराम्रो संग किनारामा पारेका छन् । उनको निशासनामा चर्चित नेताहरुमध्ये डा. मिनेन्द्र रिजाल र अमरेश कुमार सिंह पहिलो निशानामा परेका छन् ।
चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कुनै बेला हांसीमजाकमा देउवा पत्नी आरजु राणा र सुशान भन्ने कुरा संगै अघि बढ्न नसक्ने बताएबापत कतैको पनि टिकट पाउनबाट बन्चित मात्र भए । त्यसो त सार्वजनिक राम्रो छवि बनाएपनि आरजु राणाको कारिन्दम बन्न तयार भएका योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले चितवन १ नं. बाट टिकट पाएका छन् ।

देशभर कांग्रेसमा सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट यहाँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

भ्रष्टाचार काण्डमा मुछिएका जोशीले ०७४ मा पनि पौडेलविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए । पौडेलको उजुरीपछि जोशीको उम्मेदवारी खारेज भएको थियो ।

तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन अगाडि नै पार्टी परित्याग गरेका बास्तोलाले आइतबार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ ९ख० मा कांग्रेसबाटै विद्रोही उम्मेदवार बनेका छन् । कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले कांग्रेसका आधिकारिक उम्मेदवार देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले बागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।

कैलाली–५ मा डिल्लीराज पन्तलाई गठबन्धनबाट उम्मेदवार बनाइएको छ । कांग्रेस नेता पुष्करनाथ ओझाले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले म्मेदवारी दिएका छन् ।

कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश सभा ९क० बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । टिकट वितरणको विषयमा असन्तुष्ट भण्डारीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति