हुम्लामा पहिरोले पुर्दा ४ जनाको मृत्यु, ३ घाइते

हुम्ला २४ असोज । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीय ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् ।

घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।

स्थानीय शाहीका अनुसार घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board