लक्ष्मण थारुले वारेस्नामामार्फत् गरे उम्मेदवारी दर्ता

धनगढी, २४ असोज । कैलाली क्षेत्र नम्बर–५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत् थारूले उम्मेदवारी दर्ता गराएका हुन् ।

थारूका प्रस्तावकसमेत रहेका बुन्दीलाल थारूले उम्मेदवारी दर्ता गराएका हुन् । नागरिक उन्मुक्तिका तर्फबाट कैलाली–५ को प्रदेश सभा (क) मा श्रीराम चौधरी र प्रदेशसभा (ख) मा गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

लक्ष्मण चौधरी टीकापुर घटनाको अभियुक्त हुन् । उनी सरकारको फरार सूचीमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति