रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी

रुकुमपूर्व, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो । प्रतिनिधिसभा सदस्यतर्फ छ र प्रदेशसभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गरारेका छन् । प्रदेश निर्वाचन क्षेत्र (क)मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ (क) मा तेजेन्द्र बुढा र (ख) मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।

यस्तै, राप्रपाबाट प्रतिनिधिसभामा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेशसभा (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराएका छन् । निर्वाचन प्रदेशसभा (क) मा भने राप्रपाले उम्मेदवारी उठाएको छैन । यस्तै मंगोल नेसनल अर्गनाइजेसनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीबाट प्रदेशसभा (क) मा पुरा पुन र (ख)बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । यस्तै १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामामा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा चन्द्रराज झाँक्रीले मनोनयन दर्ता गराएका छन् । यस्तै,प्रदेशसभा (क) मा रामसुर बुुढामगर, संगम रोका, सुरुल पुन, कालिप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन छन् । यस्तै प्रदेशसभा (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजंग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board