मनाङमा प्रतिनिधिसभा र प्रदेशसभामा ९ जनाको उम्मेदवारी

लमजुङ, २४ असोज । हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतीनिधिसभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा, कांग्रेसका मुनिन्द्रजंग गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, प्रदेश सभा ‘ख’ मा भने गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board