काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ५ बाट अन्तत खिमलाल भट्टराई नै एमाले उम्मेदवार बन्ने भएका छन्। राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका खिमलाल भटराईलाई रुपन्देही पश्चिमबाट उठाउने निर्णय एमालेले गरेको हो।
यसअघि यो क्षेत्रमा तिलोत्तमा नगरपालिकाका पूर्वमेयर बासुदेव घिमिरेलाई एमालेले टिकट दिएको थियो। खिमलालले टिकट नपाउँदा स्थानीय एमाले कार्यकर्ताहरु आक्रोशित थिए।
‘भट्टराईले टिकट पाउनुभयो। अब उम्मेदवारी दर्ता गर्न जाँदैछौँ,’ एमाले जिल्ला सदस्य सन्दीप गुप्ताले भने।
२०७४ सालको चुनावमा पनि यो क्षेत्रबाट उनी उम्मेदवार बन्ने योजना थियो। तर त्यसबेला वाम गठबन्धनमा डिलाराम आचार्यले टिकट पाएका थिए।
त्यसयता खिमलालले रुपन्देही ५ बाट चुनाव लड्न लामो तयारी गरेका थिए।
प्रतिक्रिया