काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गर्ने भएका छन्।
कांग्रेसले उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि टिकट दिएको हो।
बजगाईंले उम्मेदवारी दर्ताबारे काठमाडौंस्थित निर्वाचन आयोगमा जानकारी गराइसकेका छन् भने उनी आजै गोरखा पनि जाँदैछन्।
बजगाईंले आफूले टिकट पाएको र मनोनयन दर्ता निर्वाचन आयोगमा पुगेर गरिसकेको सेतोपाटीलाई बताए। बजगाईं सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ को उम्मेदवार भएका छन्।
साथै गोरखा १ अन्तर्गत प्रदेशसभा क्षेत्र ९क० माओवादी केन्द्र र ९ख० कांग्रेसले पाएको छ। ९ख० मा कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नन्दप्रसाद न्यौपानेले टिकट पाएका छन्।
यस्तै गोरखा २ को प्रदेश सभा क्षेत्र ९ख० मा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई कांग्रेसले टिकट दिएको छ।
प्रतिक्रिया