सिटौलाले गराए वारिसनामामार्फत उम्मेदवारी दर्ता

झापा । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार सिटौलाले सत्ता गठबन्धनको तर्फबाट झापा–३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल बसेका छन्। उनको प्रतिद्वन्दीको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति