प्रत्यक्षतर्फ माओवादीबाट ६ महिला उम्मेदवार, कांग्रेस र एमालेबाट ५–५

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिएको छ। यता कांग्रेस र एमालेले ५(५ जनालाई उम्मेदवार बनाएको छन्।

कांग्रेसले सुजाता कोइरालालाई मोरङ २ मा उठाउने भएको छ भने सिराहाबाट चित्रलेखा यादवलाई उठाएको छ।

यस्तै, पुष्पा भुसाललाई अर्घाखाँचीबाट टिकट दिँदा डीना उपाध्यायलाई मकवापुर र सीता गुरूङलाई तेह्रथुममा टिकट दिएको छ।

एमालेले पनि पाँच जना महिलालाई चुनावी मैदानमा उतारेको छ।

एमालेबाट सुनसरी ३ मा भगवती चौधरी, दाङ १ मा शान्ता चौधरी र दाङ ३ मा कोमल वलीलाई प्रत्यक्षमा उठाएको छ। यस्तै गौरी वलीलाई डोटी र निरूदेवी पाललाई कञ्चनपुर ३ को टिकट दिएको छ।

माओवादी केन्द्रले भने ६ जना महिलालाई चुनावी प्रतिस्पर्धामा ल्याएको छ।

माओवादीले पम्फा भुसाल, कल्पना धमला, रेखा शर्मा, ओनसरी घर्ती, गोमा गौतम, विना मगर र मानुषी यमी भट्टराईलाई टिकट दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति