प्रचण्डको उमेद्वारी दर्ता गर्न भट्टराई र श्रेष्ठ पनि गोरखामा

काठमाडौं २३ असोज । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नं. २ बाट उमेदवारी दर्ता गर्न गोरखा पुगेका छन् । प्रचण्डको साथमा यस अघिका सांसद डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ समेत साथमै गएका छन् ।
गोरखा हिंड्र्दै गार्द डा. भट्टराईले ट्विट गर्दै नयां सुरुवात भनेका छन् ।

अन्तिम घडीमा आएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनबाट आकस्मिक रुपमा बाहिरिएर एमालेसँग मोर्चा कसेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौता गर्दै जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधिसभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ।
एमालेसंग राप्रपा र राप्रपा नेपालले पनि तालमेल गरेका छन् ।
उनले लेखेका छन् – गोरखा –२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो। उहॅाका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति