घनश्याम भुसाल सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रुपन्देही १ मा उमेदवार निश्चित

काठमाडौं २३ असोज । शनिबार मात्र नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट ससत्ता गठबन्धनको सझा उम्मेदवार बनेका छन् ।

आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए । स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए ।

नेता भुसालले चुनाव चिन्ह भने तय भएनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद पनि दिए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उनले केही खुलाएनन् ।

नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए । पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले उल्लेख गरे । पटक पटक संसदलाई प्रहार गरे संविधान उल्ट्याउन आलीले प्रयास गरेको भन्दै संविधानको रक्षाको लागि हालसम्म आफूले प्रयास गरेको उनले बताए । ओलीको कार्यशैली गलत भएका कारण एमाले लोकतन्त्रीक पार्टी बन्न नसकेको उनको भनाई छ । नेता भुसालले आज मनोनयन दर्ता गराउने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board