दाङमा सत्ता गठबन्धनले टुंग्यायो उम्मेदवार, शंकर पोखरेलसँग माओवादी नेतृ रेखा शर्मा, कांग्रेसका दिपक गिरिसंग कोमल वली भिड्ने

दाङ २३ असोज । ससत्ता गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेसको भाग परेको छ । दाङ क्षेत्र नं.१ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, क्षेत्र नं. २ मा नेकपा माओवादीकी रेखा शर्मा र क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् । चौधरी हाल शहरी विकास मन्त्री छन् । शर्मा पूर्व सामान्य प्रशासन मन्त्री र गिरी पूर्व सिंचाइ मन्त्री हुन् ।

नेकपा एमालेले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नम्बर १ मा शान्ता चौधरी, २ मा महासचिव शंकर पोखरेल र ३ मा कोमल ओलीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा तर्फ सत्ता गठबन्धनबाट क्षेत्र नं। १ ९क० मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु र ९ख० मा नेपाली कांग्रेसका अनुराग खड्कालाई उम्मेदवार बनाइएको छ । इन्द्रजित अघिल्लो निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । उनी हाल लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री छन् । खुमबहादुर खड्काका छोरा अनुराग भने पहिलो पटक निर्वाचन लड्न लागेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board