गठबन्धनको सहयोगमा रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाडौँ, २३ असोज । नेकपा (एमाले) छाड्का नेता घनश्याम भुसालले रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रूपन्देहीमा रहेका आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आफू नेपालको वाम आन्दोलनलाई नयाँ उचाइमा उठाउनका लागि पनि उम्मेदवारी दिएको बताए । उनले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताए ।

उनले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू वाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरे । सत्ता गठबन्धनको भागबन्डामा रूपन्देही–१ नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ । माओवादीले भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति