मोरङ–२ मा सुजाता कोइरालाले पाइन् टिकट

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले मोरङ क्षेत्र नम्बर २ मा कोइरालालाई उम्मेदवार बनाएको हो ।

उक्त क्षेत्रबाट डा.मिनेन्द्र रिजाल पनि टिकटका आकांक्षी थिए । तर, उनलाई नदिएर सुजातालाई टिकट दिइएको हो ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले यसअघि नै सुजातालाई बोलाएर निर्वाचनको तयारी गर्न भनेका थिए ।

लामो समय देउवा समूहमा रहेका रिजाल पछिल्लो समयमा डा.शेखर कोइराला समूहमा लागेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति