आज कोजाग्रत पूर्णिमा यस वर्षको बडादशैं समापन

आज कोजाग्रत पूर्णिमा आजबाट यस वर्षको बडादशैं समापन भएको छ ।
घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ ।

रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धन प्राप्त हुने विश्वासका साथ रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिन्छ ।

यसै दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि पूर्णिमाको दिनदेखि सुरु हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board