गगन थापा काठमाडौँ–४ बाटै उठ्ने

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसले काठमाडौँ जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार महामन्त्री गगनकुमार थापा काठमाडौँ–४ बाट उम्मेदवार बन्नेछन् ।

कांग्रेसले यसपटक पनि पुराना उम्मेदवार दोहोर्‍याएको छ । कांग्रेस संसदीय बोर्डको बैठकले काठमाडौँको उम्मेदवार टुंगो लगाएको हो । उनीहरूको निर्णय भैसके पनि टिकट भने लगिनसकेको स्रोतले जनाएको छ । कांग्रेसले यसपटक काठमाडौँ–५ मा प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

काठमाडौँ–३ मा सन्तोष चालिसेको सम्भावना छ । चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुने भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

२०७४ सालको चुनावमा पौडेल गण्डकी प्रदेशसभाको चुनावमा तनहुँ–२ ‘ख’बाट पराजित भएका थिए ।

गठबन्धनमा कांग्रेसको भागमा काठमाडौँको निर्वाचन क्षेत्र १, ३, ४, ५, ६ र १० परेको थियो । प्रकाशमान सिंह, गगन थापा, भीमसेनदास प्रधान र राजेन्द्र केसी गत चुनावमा सम्बन्धित क्षेत्रबाट जितेका व्यक्ति हुन् ।

हेर्नुहोस् सूची
प्रकाशमान सिंह– काठमाडौँ (१)
गगन थापा– काठमाडौँ (४)
प्रदीप पौडेल– काठमाडौँ (५)
भीमसेनदास प्रधान– काठमाडौँ (६)
राजेन्द्र केसी– काठमाडौँ (१०)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति