कांग्रेसको २ नम्बरमा नपरेपछि प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिक एक नम्बरमा

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस भएका छन् ।

एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका छन् ।

केही वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका भट्टचन गत महाधिवेशन अगाडि संगठन विभाग उपप्रमुख मनोनयन भएका थिए । शेरबहादुर देउवालाई सभापतिमा पुनः निर्वाचित गराउन सक्रिय भूमिका खेल्नेमध्ये उनी पनि एक थिए ।

भट्टचन बाग्लुङबाट प्रत्यक्ष चुनाव लड्न चाहन्थे । तर, गठवन्धनका कारण बाग्लुङका दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले संघीय चुनाव लड्न नपाउने अवस्था आएपछि उनी सामानुपातिक प्रणालीबाट सांसद बन्ने इच्छा देखाएका थिए ।

तर, काँग्रेसको आन्तरिक शक्ति सन्तुलन मिलाउँदा उनी जनजाति सूचीको दुई नम्बरभित्र पर्न सकेनन् ।

‘मैले दुई नम्बरमा राखिदिनुस् भनेको थिएँ, तर उहाँहरुले तीन चार नम्बरमा राख्ने भनेपछि मैले अस्वीकार गरेर काँग्रेसबाट बिदा मागेको हुँ’, भट्टचनले भनेका छन्, ‘एमालेले समानुपातिक वा प्रत्यक्ष जे चुनाव लडेपछि अवसर दिन्छौं भनेपछि एमालेको सूचीमा बस्न तयार भएँ । अहिले पनि उहाँहरुले बाग्लुङबाट प्रत्यक्ष चुनाव लड्नुस् भनिरहनुभएको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति