रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)का नेता डा.भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् ।

जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्वत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो ।

कमिटीको सिफारिसविपरीत केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board