सत्ता गठबन्धनमा नेका – ८४, माके ४८, एस– १९ र लोसपा १०, प्रदेश सभामा कुन दलले कुन प्रदेशमा कति सिट पाए ?

काठमाडौँ २२ असोज । सत्तारूढ गठबन्धनबाट जसपा बाहिरिए लगत्तै लोसपाको उद्धार हुने गरी सिट बांडफांट भएको छ । जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । लोसलपालाई गठबन्धनमा सामेल गरी गठबन्धनका दलहरुले दलहरूले बांकी १३ सिट टुंगो लगाउंदैछन् ।

शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कांग्रेसले ८४ सिट लिएको छ । त्यस्तै माओवादीले ४८, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् ।

सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ मा सिट बाँडफाँट गरिएको छैन ।

त्यस्तै, प्रदेशसभातर्फ प्रदेश १ मा कांग्रेस २८, माओवादी १६ र एकीकृत समाजवादीले ११ सिट लिने सहमति बनेको छ । मधेसमा २४ सिटको बाँडफाँट भएको छैन भने कांग्रेसले १७, माओवादीले १२ र एकीकृत समाजवादीले ११ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाग्मतीमा कांग्रेसले ३५, माओवादीले २० र एकीकृत समाजवादीले ९ सिटमा उम्मेदवारी दिने तयारी छ ।

गण्डकीमा कांग्रेसले २३, माओवादीले ११ र एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै, लुम्बिनीमा कांग्रेसले २८, माओवादीले १८, कर्णालीमा कांग्रेसले ११, माओवादीले ९ र एकीकृत समाजवादीले ३ तथा सुदूरपश्चिममा कांग्रेसले १३ र माओवादीले १३ सिटमा उम्मेदवारी दिने सहमति बनेको छ । शनिबार बस्ने गठबन्धन बैठकले सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको नेताहरूले जनाएका छन् ।

लोसपासँग समझदारी बनाउन माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले टुंग्याउने माओवादी नेता देव गुरुङले बताए ।

देउवाले लोसपालाई प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ सिट दिने प्रस्ताव गरेका छन् । लोसपा नेता अनिल झाले प्रधानमन्त्रीको प्रस्तावमा आफूहरू झण्डै सहमत भएको बताए ,। ‘

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट संख्यामा समझदारी बनेको बताए । ‘सत्ता गठबन्धन दलबीच सिट संख्याका बारेमा समझदारी बनेको छ, लोसपासँग कुरा मिलेपछि संख्या र निर्वाचन क्षेत्रमा भएको सहमतिलाई औपचारिकता दिइनेछ,’ उनले भने । सिट संख्या र निर्वाचन क्षेत्रको विषय नमिल्दा जसपा शुक्रबारदेखि नै सत्ता गठबन्धनबाट बाहिरिएको थियो । सरकारमा रहने कि नरहने भन्ने नैतिक संकट उत्पन्न भएकाले गठबन्धनमा नरहने औपचारिक घोषणा भने गरिनसकेको जसपा नेताहरू बताउँछन् । यसअघि सत्ता गठबन्धनमा स्थान नपाएपछि लोसपाले एमालेसँगको समीकरणका लागि राजेन्द्र महतोको नेतृत्वमा कार्यदल बनाएरै गृहकार्य गरिरहेको थियो ।

सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपाको बहिर्गमनसँगै आफ्नो पार्टीका लागि केही सिट संख्या बढाउन सफल भएका छन् । जसपा गठबन्धनमा रहेका भए एकीकृत समाजवादीले जम्मा १७ सिट पाउने थियो । एसले माओवादीको आधर क्षेत्र रहेको सल्याउन फुत्काएको छ । सल्यान २०६४, २०७० र २०७४ मा लगातार माओवादीले चुनाव जित्दै आएको क्षेत्र हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव ले आफ्नो दलका लागि मधेस प्रदेश नै मूल आधार क्षेत्र रहेको भन्दै मधेशमा कांग्रेसको भन्दा १ सिट भएपनि प्रदेश सभामा बढी हुनु पर्ने अडान थियो । त्यो मागमा नेका कुनै पनि हालतमा सहभत थिए । त्यसका अलवा लोसपालाई उद्धार गर्नु पर्ने बाह् शक्ति केन्द्रको खेलका कारण पनि जसपाको बहिर्गमन र लोसपाको इन्ट्री भएको हो । ‘अब ‘हामीलाई मधेस प्रदेशमा १४ सहित कम्तीमा १८र२० सिट दिएको भए गठबन्धनमा रहन सकिन्थ्यो,’ नेता रामसहायले भने, ‘पहिला दिने भनेर तय भइसकेको काठमाडौं–७ समेत नदिने प्रस्ताव आएपछि गठबन्धनमा बस्नुको औचित्य देखिएन ।’

जसपा बाहिरिएपछि शुक्रबार नै लोसपाले सत्ता गठबन्धनसँग छलफल गरेको छ । ‘हामीले यसअघि जितेका प्रतिनिधिसभाको १० र प्रदेशसभामा १९ सिट दिन गठबन्धनबीच समझदारी छ, त्यसबाहेक नेता विशेषका लागि केही सिट दिनुपर्ने प्रस्ताव गरेका छौं,’ नेता शरतसिंह भण्डारीले भने, ‘आन्तरिक छलफलपछि शनिबार औपचारिक सहमति गर्छौं ।’ लोसपाका नेताहरूसँग गठबन्धनका सबै नेताहरूबीच केहीछिन छलफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो छलफल भएको थियो ।

०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेस प्रदेशमा मात्रै १० सिट जितेको थियो । त्यति बेला राजपामा रहेका महेन्द्रराय यादव र राजकिशोर यादवबाहेकका नेता अहिले लोसपामै छन् । ‘१० सिटबाहेक नेता सर्वेन्द्रनाथ शुक्लाका लागि रूपन्देही–४ छाडिदिन आग्रह गरेका छौं,’ भण्डारीले भने । ०७४ मा उक्त क्षेत्रबाट कांग्रेसका ओमप्रकाश यादवले शुक्लालाई पराजित गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board