वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने

सिड्नी, २१ असोज । अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्धत गर्न सक्ने बताइएको छ ।

क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् ।

यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइने छ । बिज अंकुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिने छ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अंकुरण हुने बिरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानी बिना बाँच्न सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board