सन् २०२२ को नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोक्सलाई

काठमाडौँ २० असोज । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई प्रदान गरिएको छ । लेखनलाई राजनीतिक कार्य मान्ने अर्नोलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय स्वीडिस प्रतिष्ठानले गरेको हो ।

८२ वर्षीया उपन्यासकार अर्नोले आफ्नो लेखनको साठी दशकमा गैरकानुनी गर्भपतनदेखि विवहाइत्तर सम्बन्धसहित विषय बनाएकी छन् । १९०१ मा स्थापना भएको साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी १७ औं महिला लेखक हुन् । निडर भएर आफ्नो व्यक्तिगत कथा भनेवापत उनलाई यस वर्षको साहित्य क्षेत्रको नोबेल पुरस्कार दिइएको हो ।

अर्नोको पुस्तक ‘क्लिन्ड आउट’मा उनको गर्भपतनसहित युवा अवस्थासँग सम्बन्ध राख्ने विषयमा लेखिएको छ भने विवाहित विदेशी कुटनीतिज्ञसँगको सम्बन्धको बारेमा ‘अ सिम्पल प्यासन’ किताबमा लेखिएको छ । अ सिम्पल प्यासनु फ्रान्सको धेरै विक्री भएको पुस्तकमा पर्छ ।

फ्रान्स बाहिर भने उनको पहिचान ‘द इयर्स’बाट भयो । फ्रान्सको इतिहासको विषयलाई आफ्नो जीवनसँग जोड्दै उनले प्रयोगात्मक आत्मकथाले लेखेकी थिइन् । सन् २०१९ को बुकर पुरस्कारको सर्ट लिस्टमा सो पुस्तक परेको थियो । लेखक बन्नु अघि अर्नो शिक्षक थिइन् । पुरस्कारमा उनले १ करोड स्विडिस क्रोनर पाउने छिन् ।सिहत्यतर्फको नोबोल पुरस्का सवैभन्दा बढी चर्चित पुरस्कार हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board