बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो

मकवानपुर, २० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।

चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति