काठमाडौँ, २० असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्मा खर्च गर्न पाउने भएका छन् । विभिन्न पाँचवटा क्लस्टर छुट्याएर निर्वाचन खर्चको सीमा तोकिएको छ ।
मतदाता संख्या बढी भएका ठाउँमा बढी खर्च गर्न पाइने छ । त्यस्तै, मतदाता केन्द्रको संख्या र भौगोलिक क्षेत्रफलका आधारमा समेत खर्चको सीमा फरक फरक छुट्याइएको छ ।
मतदाता संख्याका आधारमा खर्चको भार ६० प्रतिशत तोकिएको छ भने मतदाता केन्द्रको संख्याका आधारमा २० प्रतिशत खर्चभार तोकिएको छ । त्यस्तै, भौगोलिक क्षेत्रफलका आधारमा खर्चको भार २० प्रतिशत तोकिएको छ ।
१६५ निर्वाचन क्षेत्रका उम्मेदवारले गर्न पाउने खर्चको सीमा यस्तो छः
२० लाख खर्च गर्न पाइने निर्वाचन क्षेत्र
काठमाडौँ १, काठमाडौँ ३, काठमाडौँ ६, काठमाडौँ ७ र काठमाडौँ ८ ।
२७ लाख खर्च गर्न पाइने निर्वाचन क्षेत्र
तेह्रथुम, पर्सा १, पर्सा २, पर्सा ३, रसुवा, काठमाडौँ २, काठमाडौँ ४, काठमाडौँ ५, काठमाडौँ १०, भक्तपुर २, ललितपुर १, ललितपुर २, ललितपुर ३, मनाङ, कास्की २ र रूकुम पूर्व ।
२९ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
झापा १, झापा ४, मोरङ ४, मोरङ ५, मोरङ ६, सुनसरी ३, सुनसरी ४, उदयपुर २, सप्तरी १, सप्तरी २, सप्तरी ३, सप्तरी ४, सिरहा १, सिरहा २, सिरहा ३, सिरहा ४, धनुषा १, धनुषा २, धनुषा ३, धनुषा ४, महोत्तरी १, महोत्तरी २, महोत्तरी ३, महोत्तरी ४, रौतहट १, रौतहट २, रौतहट ३, रौतहट ४, बारा २, बारा ३, बारा ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बागलुङ १, बागलुङ २, गुल्मी २, पाल्पा १, पाल्पा २, रूपन्देही २, रूपन्देही ३, रूपन्देही ४, कपिलवस्तु ३, बाँके २, बाँके ३, नवलपरासी (पश्चिम) १, नवलपरासी (पश्चिम) २, दैलेख १, दैलेख २, अछाम १, अछाम २, कैलाली १, कैलाली २, कैलाली ३, कैलाली ५, कञ्चनपुर १, कञ्चनपुर २ र कञ्चनपुर ३ ।
३१ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
इलाम १, इलाम २, झापा २, झापा ३, झापा ५, भोजपुर, धनकुटा, मोरङ १, मोरङ २, मोरङ ३, सुनसरी १, सुनसरी २, ओखलढुंगा, उदयपुर १, सर्लाही १, सर्लाही ३, बारा १, सिन्धुली १, सिन्धुली २, धादिङ १, धादिङ २, नुवाकोट १, सिन्धुपाल्चोक १, सिन्धुपाल्चोक २, चितवन १, चितवन ३, कास्की ३, तनहुँ १, तनहुँ २, स्याङ्जा १, नवलपरासी (पूर्व) १, नवलपरासी (पूर्व)२, म्याग्दी, पर्वत, गुल्मी १, रूपन्देही १, रूपन्देही ५, कपिलवस्तु १, कपिलवस्तु २, दाङ २, दाङ ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १, सुर्खेत २, रूकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा ।
३३ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक २, मकवानपुर १, मकवानपुर २, गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १, बर्दिया २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी
प्रतिक्रिया