काठमाडौँ, २० असोज । नेपाली कांग्रेसभित्र सिट बाँडफाँडमा असन्तुष्ट रहेका डा.शेखर कोइराला समूहको भेला अपरान्ह २ बजेदेखि बस्ने भएको छ ।
काठमाडौँको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
आगमी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएका छन् ।
समानुपातिक बन्द सूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।
प्रतिक्रिया