राष्ट्रपतिसँग ओली दम्पतीले लगाए टीका, अन्य नेता गएनन्

काठमाडौं १९ असोजन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका तथा जमरा लगाएका छन् । श्रीमती राधिका शाक्यसहित सितलनिवास पुगेका ओलीले राष्ट्रपति भण्डारीसँग टीका लगाएका हुन् ।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका हुन् ।

यसैबीच, राष्ट्रपति भण्डारीले सर्वसाधारण र उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिएकी छन् । बुधबार सितलनिवासमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारण तथा उच्च पदस्थ अधिकारीलाई दसैँको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।
मुख्य राजनीतिक दलका नेतामध्ये ओली मात्र राष्ट्रपतिका हातबाट टिका लगाउन पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ शोकका कारण टीका लगाएनन् भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै पनि कसैसंग गएर टिका लगाउने गरेका छैनन् । अन्य शिर्ष नेताहरु पनि कोही राष्ट्रपतिसंग टिका लगाउन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board