काठमाडौँ १९ असोज : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको टीका ग्रहण गरेका छन् । गृहजिल्ला झापमा रहेका ओलीले दमकस्थित आफ्नै निवासमा दसैंको टीका ग्रहण गरेका हुन् ।

झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दसैंको टीका लगाएका हुन् । उनले पत्नी राधिका शाक्यलाई पनि बडा दसैंको टीका लगाइदिएका थिए ।
सोहीक्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाएका थिए ।

टीका लगाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक दमकस्थित ओली निवास पुगेका थिए । ओलीले उनीहरूलाई टीका र प्रसाद प्रदान गरेका थिए ।
ओली बुधबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
COMMENTS