ओलीले बुबा र ठूलीआमाको हातबाट टीका लगाए

काठमाडौँ १९ असोज : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको टीका ग्रहण गरेका छन् । गृहजिल्ला झापमा रहेका ओलीले दमकस्थित आफ्नै निवासमा दसैंको टीका ग्रहण गरेका हुन् । 

झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दसैंको टीका लगाएका हुन् । उनले पत्नी राधिका शाक्यलाई पनि बडा दसैंको टीका लगाइदिएका थिए । 

सोहीक्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाएका थिए । 

टीका लगाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक दमकस्थित ओली निवास पुगेका थिए । ओलीले उनीहरूलाई टीका र प्रसाद प्रदान गरेका थिए । 

ओली बुधबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति