राष्ट्रपतिद्वारा मूलपुजारीलाई भुईंमा, आफू आलिशान सोफामा बसेर दसैंको टीका प्रदान

काठमाडौँ १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्दै । तस्बिर स् रत्न
बडादसैँ २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११स्५१ बजे टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई बुधबार दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board