एमाले मधेस प्रदेशको जिम्मेवारीमा हेरफेर

महोत्तरी, १७ असोज । नेकपा (एमाले) मधेस प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ ।

जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सबै जिल्लामा समबन्धित नेतालाई पत्र पठाइसकेको एमाले मधेस प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दाबी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् ।

क्षेत्र नम्बर १ को क्षेत्रीय इन्चार्ज केदारबहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्रबहादुर क्यापछाकी र शंकर महतोलाइ तोकिएको छ ।

यसैगरी अखिल नेपाल महिला संघ मधेस प्रदेश प्रमुखमा शरदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेस प्रदेश प्रमुखमा शान्त परियारलाई मनोनित गरिएको छ भने भानुभक्त पोखरेललाई जनसांस्कृतिक महासंघ मधेस प्रदेश प्रमुखमा, गोपालप्रसाद बराललाई प्रेस चौतारी नेपाल मधेस प्रदेश प्रमुखमा र गुन्ज खडकालाइ सुकुमबासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशबाट निर्णयभएसँगै शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एकरएक जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board