बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

कैलाली, १७ असोज । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गइरहेको ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका-१ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board