प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौँ, १७ असोज । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

आफ्नो कार्यकालमा जिल्लाको दुरगामी विकास र सामाजिक पूर्वाधार बनेको उनले उल्लेख गरेका छन् । डा.भट्टराईले अगाडि लेखेका छन्, ‘मेरो कार्यकालमा गोरखाको दुरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही सुरू भएका आयोजना पूरा हुन बॉकी छन् । बाँकीखरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमुना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने छु।’

यसअघि उनले आगामी प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।

उनले अगामी दिनमा निरन्तर खटिने पनि प्रतिबद्धता जनाएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर, सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहने छु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहने छु।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board