युनाइटेडमाथि सिटीको सानदार जित

काठमाडौँ, १७ असोज । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ । जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसंग दुरी घटाएको छ ।

खेलको आठौँ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । ३४औँ मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्याएका थिए ।

५६औँ मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४(१ मा झारे । ६४औँ मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५-१ मा पुर्याएका थिए । ७३औँ मिनेटमा फोडिनको ह्याट्रिक गरे । ८४औँ मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितिमा पुर्याएका थिए ।

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौँ स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board