फुटबल खेलको दंगामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

काठमाडौँ, १७ असोज । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दंगा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या १७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९ः३० बजे मृत्युको संख्या ज्ञ५८ पुगेको थियो, भने १०ः३० यो संख्या १७४ पुगेको पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले संकलन गरेको तथ्यांक भएको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिएका छन् ।

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए । त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भीडका बीचमा भागदौड भएको थियो । धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति