काठमाडौँ, १६ असोज । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ ।
नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सूचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।
संस्थापनइतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्बोधन नगरी संसोधित नामावली बुझाएपछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।
संस्थापन पक्षले भने कोइराला समूहले बुझाएको सूचीको ३५ प्रतिशतभन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दै सहमतिमा आउन आग्रह गरिरहेको छ ।
प्रतिक्रिया