बलात्कार गरेको भनी झुठा जाहेरी दिने महिला पक्राउ

भक्तपुर, १६ असोज । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौँ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति