समानुपातिक बन्दसूची सच्चाउने आज अन्तिम दिन

काठमाडौँ, १६ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदै छ ।

मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । जसअनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन भने बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ । प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति