इन्डोनेसियामा फुटबल खेलको क्रममा भागदौड मच्चिँदा १२७ बढीको मृत्यु

काठमाडौँ, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा विजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board