फूलपातीको विशेष महत्व, वर्षदिन फूलपातीलाई कसरी प्रयोग गर्ने ?

  • सुरेश चन्द्र रिजाल

काठमाडौँ, १६ असोज । घटस्थापनाको सातौँ दिन कालरात्री भगवतीको पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेको छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीको क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनको नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ ।

यद्यपि, तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चांग निर्णायक समितिले बिहान १०ः०५ बजेको शुभ समय निर्धारण गरेको छ ।

षष्टी तिथिका दिन साझको समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकोठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिकाः ।।’

१ कदली- केराको पात २ दाडिमी- दाडिम (अनार) ३ धान्या- धान (बाला सहितको बोट) ४ हरिद्रा- हलेदो ५ मानकं- ६ कचु ७ अशोक ८ बेल ९ जयन्ती यसरी नौ प्रकारका अ‍ौषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नको समय पारेर पुजाकोठा या जमरा घरमा विधिपूर्वक दियो, कलश गणेश स्थापना गरेर पञ्चोपचार या षोडषो पचारले विधिपूर्वक पुजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाको विशेष महत्व रहेको छ । हाम्रो देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदियौँदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएको पाइन्छ । हिमाल, पहाड र तराई गरी तीन भागमा नेपाली हरुको बसोवास रहेकाले पनि भूमि हनुसार उपलब्ध वस्तुहरु पुजाघरमा भित्र्याउने र पूजा गर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फुलपाति सुकेपछि धुलोबनाएर शुद्ध गाईको ध्यूले मोलेर वर्षदिन धुपका रुपमा प्रयोग गर्ने पनि नियम रहिआएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति