सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने

काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ  । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति