काबुल बिस्फोटमा मृत्यु हुनेमा परीक्षार्थीसहित १९ जनाको मृत्यु

काबुल, १५ असोज । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । आक्रमणको कुनै समूहले लिएको छैन् ।

आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन् । स्थानीय टिभी र सामजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छरपस्ट फैलिएको देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board