कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी

धनगढी, १४ असोज । कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनीधिसभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ ।

नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर, कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफू नछोड्ने बताएका छन् ।

भण्डारीले कैलाली–४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्षबाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रियसभामा पनि आफू नजाने बताए ।

कैलाली–४ का विषयमा अन्य व्यक्तिले टिकट पाएको भन्ने समाचार आएको भन्दै उनले हालसम्म टिकटको टुंगो नलागेको र आफूनै सो क्षेत्रबाट उम्मेदवार बन्ने बताए । कैलाली–४ बाट संघीय निर्वाचनमा आफ्नो सिफारिष भएको हुँदा टिकट पाउने अपेक्षा पनि रहेको उनले बताए । तर टिकट नपाएको अवस्थामा के गर्ने भन्ने बारेमा भने अर्को भेटमा कुरा गर्ने उनले बताए ।

‘म अहिले ७१ वर्षको भएँ बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अर्को चुनाव लड्ने मनस्थितिमा छैन, उम्मेरले पनि साथ दिँदैन, यस पटक अन्तिम उम्मेदवार बन्ने छु, उम्मेदवारी कैलाली–४ बाटै हुने छ ।’ कैलाली–४ बाट टिकट नपाए के गर्ने भन्ने बारेमा आर्को पत्रकार सम्मेलनमार्फत् जानकारी दिने बताएका उनले टिकट नपाए राजनीतिमा अहिले जसरी सक्रिय भने नहुने बताए ।

भण्डारी २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखराज भट्टसँग पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि त्यसपछि निरन्तर जनतासमक्ष गएको र आफूले जित्ने माहोल बनाएको उनको दाबी छ ।

टिकटका बारेमा आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको भएपनि ढुक्क भने नभएको उनी बताउँछन् । ‘टिकटका विषयमा मैले सभापतिसँग १–२ पटक भेट गरेको थिएँ,’ भण्डारीले भने, ‘उहाँले विचार गरौंला भन्नुभएको थियो, तर हुन्छ भन्नु भएन, टिकट पाउनेमा ढुक्क छु ।’

पार्टीले उम्मेदवारको टुंगो नलगाइसकेका बेला विभिन्न अफवाह फैलाएर मतदातालाई भ्रममा पार्ने काम गरिएको उनको आरोप छ ।

पाँच दलीय गठबन्धनको टिकट बाँडफाँडको समहति अनुसार कैलालीमा कंग्रेसले ३ निर्वाचन क्षेत्र पाएको छ । कैलाली क्षत्र नम्बर–२, ४ र ५ मा कांग्रेसले सिट पाएकोमा कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरलाई उम्मेदवार बनाइने सम्भावना प्रबल रहेको कांग्रे नेता बताउँछन् ।

बलाएरले आफूले कैलाली–४ बाट टिकट पाउने निश्चित भएको भन्दै सहयोगका लागि विभिन्न माध्यामबाट अपिलसमेत गरिरहेका छन् ।

टोडीमा एकीकृत समाजबाटीका तर्फबाट प्रेमबहादुर आलेले टिकट पाउने निश्चित भएपछि कांग्रेस प्रदेश सभापति बलाएर कैलाली–४ बाट चुनाव लड्न लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति