जाजरकोट–डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

सुर्खेत, १४ असोज । जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।

जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोटसम्म अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ । तीन वर्षसम्म ठेक्का लिएर पनि काम नगर्दा यस पूर्वी जाजरकोट र डोल्पामा विद्युतीकरण गर्न मुस्किल हुँदै आएको थियो । नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ ।

सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन् ।

यो ठेक्काको काम अघिल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत् बाल्न समस्या हुँदै आएको छ । डोल्पामा विद्युतीकरणमा ढिलाइ हुँदै आएको थियो । यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना र ताक्सुगाड जलविद्युत् आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो । जाजकोटबाट प्रशारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोटस्थित सब स्टेसनसँग जगदुल्ला जलविद्युत आयोजानले पिपिए गरेको थियो ।

पुनः भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पूर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board